• असोज ८, २०८०
  • जुनकिरी खबर

इटहरीको छात्रवृत्ति वितरणमा थारुको विरोध

alt

इटहरी उपमहानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा थारु विद्यार्थीहरूलाई बेवास्ता गरेको भन्दै थारु सामाजिक संस्थाहरूले विरोध जनाएका छन् । थारु समुदायका छोराछोरीलाई छात्रवृत्तिमा प्राथमिकता नदिएको उनीहरूको आरोप छ । थारुलाई इटहरीको पहिलो जाति घोषणा गर्ने तर सेवा सुविधा प्रदान गर्दा पक्षपात गरी अवसरबाट वञ्चित गरिएको भन्दै थारुसँग सम्बन्धित विभिन्न संस्थाहरूले विरोध जनाएका हुन । 
 
थारु विद्यार्थी समाज सुनसरी, थारु कल्याणकारी सभा इटहरी,थारु महिला सभा सुनसरी,थारु महिला सभा इटहरी र थारु कला केन्द्र विराटनगरले संयुक्त रूपमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । 
 
मेयर पौडेललाई ज्ञापन पत्र बुझाउँदै थारु अगुवाहरूले उपमहानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा जनसङ्ख्याको आधारमा थारु समुदायका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन माग गरेका छन् ।
 
उपमहानगरपालिकाले छात्रवृत्ति वितरण गर्दा महिला,गरिब,जेहेन्दार, आदिवासी जनजाति,मधेसी,अपाङ,पिछडा वर्गलाई कोटा निर्धारण गरेको तर इटहरीका पहिलो जाति थारु समुदायलाई बेवास्ता गरिएको थारु कल्याणकारी सभा इटहरीका सचिव सेसकराम ठानदारले बताए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]