• असोज १०, २०८०
  • जुनकिरी खबर

पानीपिया सडकको काम सुरु नगरे आन्दोलन गरिने

alt

धरान-इटहरी ६ लेन सडक खण्डको सेउती पुल देखी पानी पिया सम्म लथालिङ्ग छाडिएको  सडक खण्डको काम एक साता भित्र सुरु नगरिए आन्दोलन सुरु गरिने यातायात व्यवसायीहरूले चेतावनी दिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कोशी प्रदेशका मुख्यमन्त्री, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी, ६ लेन सडक निर्माण आयोजना प्रमुख धरान र इटहरी उपमहानगरपालिकालाई सहितलाई चेतावनी दिएका हुन् ।

ध्यानाकर्षण पत्रमा रानी-विराटनगर ६ लेख सडकको धरान तीनकुने देखी सेउती पुल खण्डको सडक तोकिएको समय भित्रै सकिए पनि तर, सेउती पुल देखी तरहरा पानीपिया खण्डको ठेकेदार होमदोङ ठेक्कर एण्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का प्राप्त गरे देखी काममा ढिलासुस्ती गरेको महसुस गर्दै आएको उल्लेख गरिएको छ ।

उक्त सडक खण्डको निर्माण सम्पन्न गर्ने समायावधी भइसक्दा पनि ५० प्रतिशत मात्र काम गरेर सडक लथालिङ्ग पारेर छोडेको कारणले सवारी दुर्घटना बढेर धनजनको क्षति बढेको, धुलो, हिलोले यात्रीलाई सास्ती दिएको, सवारी साधनमा टुटफुट बढेर जीर्ण बनाएको, दुई पाङग्रे सवारी चल्नै नसक्ने अवस्थामा पुगेको जाहेर गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]