• असोज १६, २०८०
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिकाले श्रम स्वीकृति दिन सुरु

alt

इटहरी उपमहानगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ।  मङ्गलवारदेखि  इटहरी उपमहानगरपालिकाले पालिकाबाट नै श्रम स्वीकृति दिन थालेको हो । वैदेशिक रोजगारीमा जान चाहनेहरूको लागि श्रम स्वीकृतिका लागि अब  बाहिर जानु पने झन्झट टरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार  इटहरीले पहिलो पटक इटहरी बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गरेर  सेवा दिन सुरु गरेको हो । 
 
वैदेशिक रोजगारमा जाने युवायुवतीले यस अघि  काठमाडौँ गएर मात्र श्रम स्वीकृति लिनु पर्ने बाध्यता रहेको थियो ।  इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले पहिलो श्रम स्वीकृत प्रदान गर्दै  काठमाडौँ गएर श्रम स्वीकृति लिनु  पर्दा झन्झट हुने, लागत बढी लाग्नेमा  अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुने बताए । 
 
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर आउनु पर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने मेयर पौडेलले बताए । ‘श्रम स्वीकृति प्राप्त गरेका राईले अब झन्झट हटेको बताए । ‘पहिला श्रम स्वीकृतिका लागि काठमाडौँ जानुपर्थ्यो, एजेन्ट लगाउनुपर्थ्यो, उनले भनने,  पैसा पनि बढी तिर्नुपर्ने, काम पनि ढिला हुँदा समस्या थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा खुसी लागेको छ।’  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]