• भदौ २, २०७६
  • जुनकिरी खबर

इन्धनमै खर्चियो ७ करोड

alt

प्रदेश १ सरकारले सवारी साधान मर्मत र इन्धनमा ७ करोड ९ लाख ४४ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ मा तीन करोड ५६ लाख ३१ हजार रूपैयाँमा इन्धन खरिदमा र तीन करोड ५३ लाख १३ हजार रूपैयाँ सवारी साधन मर्मतका लागि खर्च गरेको हो ।

गत आर्थिक वर्षमा खर्च भएको रकम अघिल्लो आर्थिक वर्षको भन्दा ६ करोड १५ लाख ८४ हजाले बढी हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा इन्धनमा ४० लाख १९ हजार रूपैयाँ मात्रै खर्च भएको थियो भने मर्मत ५३ लाख ४१ हजार रूपैयाँ खर्च भएको थियो ।

विलासिताका बस्तु भन्दै केन्द्र सरकारले सवारी साधन खरिदमा कडाइ गरे पनि प्रदेशमा भने खरिद बढेको छ । जसका कारण इन्धन र मर्मतमा प्रदेश सरकारको ठूलो रकम खर्च भइरहेको छ । चालु आर्थिक वर्षमा अझैं धेरै रकम विनियोजन गरिएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ का लागि इन्धनमा ९ करोड ५२ लाख १४ हजार रूपैयाँ विनियोजन भएको छ । मर्मतका लागि ५ करोड ४३ लाख ९५ हजार रूपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश १ सरकार गठनको पहिलो वर्ष ०७४/७५ मा ६ करोड २९ लाख ७९ हजार रूपैयाँको सवारी साधन खरिद गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]