• असोज १८, २०८०
  • जुनकिरी खबर

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने रणनीतिमा राप्रपा

alt

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउने आधार  तय गरे राप्रपाले विश्वासको मत दिने भएको छ । विश्वासको मत पाउने आधार तयार नगरे तटस्थ बस्ने रणनीति राप्रपाले बनाएको छ । संविधानको धारा १६८(३) अन्तरगत सबैभन्दा ठुलो दलको हिसाबले मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने आधार  राप्रपालाई भन्नु पर्ने राप्रपाले जनाएको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभामा असोज २० विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि २० गते प्रदेश सभा बोलाइएको छ । अहिले सम्म मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तय  भएको छैन । 
 
मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार तय गर्नु भयो भने हामी विश्वासको मत दिन्छौ । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउने आधार भन्नु पर्छ ।’ २० गते सत्ता गठबन्धनले के गर्छन् भन्ने कुरासँग सरोकार भएन । सिटौलाले भने, कार्की जीले विश्वसकोृ मत पाउने आधार भन्नु भयो भने हामी विश्वासको मत दिन्छौ । आधार तय गर्न सक्नु भएन भने हामी तटस्थ बस्छौ । ’
 
उनले संविधानको धारा १६८(५) अन्तरगतको सरकार गठनका विषयमा भने राप्रपाले धारणा बनाई नसकेको सिटौलाले बताए । उनले धारा ५ अन्तरगतको सरकार कसरी बन्छ र सरकार गठनको खेलकुद अगाडि बढ्छ राप्रपाले त्यही अनुसारको रणनीति तय गर्ने बताए । 
 
उनका अनुसार संसदमा बहुमत कसले पुर्‍याउन सक्छ त्यही अनुसार राप्रपाले आफूलाई प्रस्तुत  गर्छ । अहिले राप्रपा कोशी प्रदेश सरकारमा नभए पनि सरकारको सहयात्री भएको बताए । सहयात्री भएका कारण  एमालेसँगको सहकार्य अहिले सम्म ताड्ने मनस्थितिमा राप्रपा नरहेको सिटौलाले बताए । उनले भने धारा १६८(३) अन्तरगतको सरकारको भविष्य के हुन्छ त्यसपछि अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]