इटहरीमा जंगली हात्तीले रातभर दुःख दिन थालेपछि उपमहानगरले हात्ती भगाउने साइरन जडान गरेको छ । इटहरी २ शान्तिनगरमा जंगली हातीले रातभर दुःख दिन थालेपछि उपमहानगरापलिकाले हात्ती भगाउने चारवटा साइरन जडान गरिदिएको हो ।
चारकोसे नजिक वस्ती रहेका कारण इटहरी २ नं. वडाको शान्तिनगरमा दैनिकजसो हात्तीका बथानहरू आउन थालेपछि उपमहानगरले साइरन जडान गरिदिएको जनाएको छ । स्थानीय रोशन अधिकारीले रातभर आउने हात्तीले आँफूहरू जागै बस्नुपरेको बताए । उनले पटकपटक इटहरी उपमहानगरलाई जानकारी गराएपछि साइरन उपलब्ध भएको जनाए । इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको भनाइ उदृत गर्दै अधिकारीले जंगलसँग शान्तिनगर जोडिएकाले उज्यालो बनाउनका लागि २५ थान बत्तीसमेत दिन लागेको बताए ।
इटहरी उपमहानगरपालिकाले दिएको साइरनलाई पानीपिया हुँदै शान्तिनगर जाने बाटोको बर पीपल चोक, सेरा खोला छेउको हवाई घर, शान्तिनगरी सामुदायिक वन कार्यालयको आसपास र सरस्वती टोल विकास अन्तर्गतको जंगल क्षेत्रमा साइरन जडान गरिएको स्थानीय ध्रुव नेपालले बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved