• असोज २२, २०८०
  • जुनकिरी खबर

चाडबाड लक्षित सुरक्षा कडाइ बढाइयो

alt

चाडपर्वलाई लक्षित गरेर भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । कोसी प्रदेशका सीमा क्षेत्रमा सुरक्षा सक्रियता बढाइएको हो । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङ, सुनसरी, झापालगायतका विभिन्न स्थानमा चाडपर्वलाई लक्षित गरेर सुरक्षा तैनाथ बढाइएको हो । सीमा क्षेत्रलाई लक्षित गरेर अहिले नेपाल र सशस्त्र प्रहरीले संयुक्त रूपमा कारबाही सुरु गरेका छन् । दुवै निकायले संयुक्त गस्तीसमेत गरिरहेका छन् । दुई देशीय सिमानामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । सबै ठाउँमा निगरानी बढाइएको छ । 
 
दसैँ, तिहार, छठलगायतका चाडपर्वमा हुनसक्ने चोरी निकासी र आपराधिक घटना नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय भइरहेको सुरक्षा बताएको छ  ।
कोशी प्रदेशका नेपाल प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी प्रमुख डिआइजी अन्जनीकुमार पोखरेललगायतका सुरक्षा अधिकारीले सीमा क्षेत्रमै पुगेर त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई चोरी निकासी एवं सीमा अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्न संयुक्त निर्देशन दिन थालेका छन् । 
 
भारतसँगको खुला सीमाका कारण चोरी तस्करी एवं दुई नम्बरी धन्दा नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सुरक्षा विश्लेषण छ । भारतबाट नेपाल र नेपालबाट भारततिर भइरहेका तस्करी नियन्त्रणलाई शून्यमा झार्न मिहिनेत गरिरहेको दाबी सुरक्षाकर्मीको छ ।
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]