• असोज २३, २०८०
  • जुनकिरी खबर

वराहक्षेत्रमा हरिणको सिङ र ठुलो परिमाणको लागूऔषध बरामद

alt

इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिको टोलीले वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा रहेको एक घरबाट अवैध हरिणको सिङ र लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ करिब ७:४० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको कमान्डमा खटिएको प्रहरी टोलीले चतरा बसपार्क स्थित सञ्जय लिम्बुको घरमा खानतलासी गर्दा घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा ठुलो र सानो आकारको हरिणको सिङ ५ थान र ठुलो मात्रामा नियन्त्रित लागूऔषध फेला पारेको थियो ।

हरिणको सिङ र लागूऔषध घरमा लुकाई छिपाई राखिएको सुराकीको आधारमा खटिएको प्रहरीले ठुलो परिमाणमा लागूऔषध, काठको डमी बन्दुक १ थान, दाँत भएको फलामको फार्सा १ थान, मोबाइल ४ थान सहित सोही घरमा लुकी बसेका वडा नं.१ का २२ वर्षका विकास राई, २८ वर्षका विवश शेर्पा, २९ वर्षका सुमन तामाङ सहित घरधनी ३४ वर्षका सञ्जय लिम्बु सहित ४ जना युवाहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

बरामद गरिएको हरिणको सिङ बराह सवडिभिजन वन कार्यालय चतरामा कारबाही लागि जिम्मा लगाइएको र नियन्त्रित लागूऔषध औषधी व्यवस्था विभाग विराटनगरमा थप अनुसन्धानको लागि पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनाले बताए ।

त्यसैगरी सोमवार साँझ  करिब ७ बजे वडा नं.२ सखुवा गाछीबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख तिम्सिनाको कमान्डमा खटिएको प्रहरी टोलीले सोही स्थानबाट ट्याब्लेट १९० वटा, क्याप्सुल २ सय वटा र एक थान मोबाइल सहित २४ वर्षका विज्ञान राईलाई पक्राउ गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]