• भदौ २, २०७६
  • जुनकिरी खबर

पाँचथरमा ७ करोड ३१ लाख बढी बेरुजू

alt

पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू देखिएको छ । जिल्लाका आठ स्थानीय तहमा ७ करोड ३१ लाख ९९ हजार बेरुजू रहेका छन् । महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पाँचथरका स्थानीय तहले यति ठूलो रकम फर्यौैट गर्न नसकेको हो ।

यो पाँचथरका स्थानीय तहहरुमा विनियोजित कुल रकमको ३ दशमलव ९३ प्रतिशत हो । आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै बैरुजू कुम्मायक गाउँपालिकाको रहेको छ ।

कुम्मायक गाउँपालिकाको २ करोड १८ लाख ३१ हजार बेरुजू रहेको छ ।

यति धेरै रकम बेरुजू हुनुमा प्राविधिक कारण रहेको कुम्मायक गाउँपालिकाका प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराइले जानकारी दिए ।

उनले बेरुजू देखिएको रकममध्ये १ करोड ३० लाख फर्यौट भएको तर प्राविधिक कारण लेखापरिक्षण प्रतिवेदनमा समिट गर्न नसकिएको जानकारी दिए ।

कुम्मायकपछि मिक्लाजोङ गाउँपालिकाकोे १ करोड ३९ लाख १८ हजार रकम बेरुजू रहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]