प्रतियोगितामा अफ्रिकन टिम सहित इटहरीका दुई टिम , वेलवारी , नेपाल प्रहरी , बराहक्षेत्र क्षेत्रको सप्तकोशी फुटवल क्वल लगायत ८ टिमले सहभागिता जनाउने भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । चारकोसे झाडी, सिमसार क्षेत्रको सुन्दर दृष्यावलोक गर्न सकिने क्षेत्रको बरमपुर खेल मौदानमा आयोजना हुने प्रतियोगिता  प्रथम हुने टिमले नगद २लाख २२हजार २सय २२ रुपैया दोस्रो हुने टिमले १लाख १हजार १सय ११ रुपैया नगद सहित शिल्ड प्रमाण पत्र प्राप्त गर्ने छन । पत्रकार सम्मेलनमा आयोजक क्लवका अध्यक्ष तिम्सिना , उपाध्यक्ष सुन्दरमणी राई , सचिव रोशन भुजेल लगायतले प्रतियोगिताका विषयमा जानकारी गराएका थिए ।