• असोज २७, २०८०
  • जुनकिरी खबर

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

alt

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कोशी प्रदेश प्रमुख परशुराम खापुङले  उपस्थित सांसदहरुलाई सनाखत गराएपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।   नेकपा एमालेका  ३९ जना प्रदेश सभा सदस्य सहित नेपाली काँग्रेस डा शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सदस्यले प्रदेश प्रमुखको अगाडी स-शरीर उपस्थित भएर हस्ताक्षर गरेका छन्  । उनी कोशी प्रदेशको आठौँ मुख्यमन्त्री हुन् । 

नेपाली काँग्रेस भित्र भाँडभैलो भएपछि उनी ८ जना सांसद सहित नेकपा एमालेसँग सहकार्य गर्न गएका थिए । नेकपा एमालेले ४७ जना पुर्‍याउने वातावरण बनाएर आउने जो कोहीलाई सहयोग  गर्ने बताउँदै आएको थियो । 

मुख्यमन्त्रीमा नियुक्त भएपछि कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै  नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने अवस्था आउन नदिने बताएका छन् । ‘नेपाली काँग्रेस सत्ता पक्ष नै हो उनले भने, दलको नेता प्रतिपक्षमा बस्ने र आफू मुख्यमन्त्रीमा बस्ने खालको अवस्था आउन दिइँदैन ।’ 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]