• कार्तिक ४, २०८०
  • जुनकिरी खबर

इटहरी उपमहानगरको कार्यपालिकाको बैठक राख्न वडाध्यक्षको माग

alt

इटहरीमा मेयर र कार्यपालिका सदस्यबीच किचलो बढ्दै गएको छ । कर समायोजनको विषयलाई लिएर इटहरीका मेयर हेमकर्ण पौडेल र कार्यपालिका सदस्यबीच किचलो बढ्दै गएको हो । 

बिहीबार बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै इटहरीमा नेकपा एमालेले असन्तुष्ट जनाएको छ । नेकपा एमाले इटहरी नगर कार्यपालिका सदस्यहरूले कार्तिक १२ गतेभित्र कार्यपालिका बैठक राख्न माग गरेका छन् ।

मेयर पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्रमा १६ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरेका छन् । इटहरीमा एमालेको बहुमत छ । तर, मेयर पौडेलले कर समायोजन गर्नका निम्ति चासो नदेखाएको र गत बिहीबार बोलाइएको बैठकमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै एमाले थप असन्तुष्ट बनेको हो ।

स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा २ महिना भन्दा बढी समयसम्म बैठक नबोलाएको आरोपसमेत लगाइएको छ ।

विजया दशमीको विदा सकिने दिन कात्तिक १० गतेका मितिले ४८ घण्टाभित्र कार्यपालिकाको बैठक राख्न माग गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]