• कार्तिक ५, २०८०
  • जुनकिरी खबर

इटहरीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

alt

इलाका प्रहरी कार्यालय इटहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वमा हुने आपराधिक घटना तथा विभिन्न विकृतिहरू नियन्त्रणको लागि आइतबारबाट विशेष सुरक्षा योजना लागु गरी सुरक्षाकर्मीहरू परिचालन गरेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
 
सुनसरीमा तीव्र रूपमा बढेको लागू औषध सेवन र चोरीका घटनालाई समेत नियन्त्रण गर्नका लागि सुनसरीको दुहबीमा रहेको सुरक्षा गणबाट थप २० जना प्रहरी समेत मगाएर परिचालन गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
 
विशेष सुरक्षा योजना अन्तर्गत, मोबाइल गस्ती, सफारी गस्ती, सिआर भि भ्यान र सादा पोषकमा समेत प्रहरी परिचालन गरिएको प्रहरीको भनाई छ ।
 
इटहरी क्षेत्रमा प्रहरीका १६ युनिटमा १४ वटा मोटरसाइकल र विभिन्न ६ वटा गाडी मार्फत गस्ती सुरु गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]