• कार्तिक १२, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तारको तयारी

alt

केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको दबाबका कारण कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सकस परेको छ ।  केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको निरन्तरको दबाबका कारण उनले कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । 
 
दसैँ अगाडि नै मन्त्री परिषद् विस्तारको तयारी भए पनि शीर्ष नेताहरूको दबाबका कारण उनले अहिले सम्म मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । उनी मन्त्री परिषद् विस्तारका लागि थप छलफल गर्न पुन काठमाडौँ पुगेका छन् । संविधानको धारा १६८ (५) अन्तरगत एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएसँगै छलफलका लागि उनी काठमाडौँ गएका थिए । 
 
काठमाडौँ पुगेर फर्किएसँगै उनले एमालेका राम राना र काँग्रेसका सम्शेर राईलाई मन्त्री नियुक्त गरेका छन् । एमालेसँगको सहकार्य तोड्न निरन्तर केन्द्रबाट दबाब आएपछि कोशी प्रदेशको सत्ता सहयात्री एमालेलाई मन्त्री परिषद् विस्तारका लागि समय माग गर्दै  थप छलफलका लागि मुख्यमन्त्री कार्की काठमाडौँ गएका छन् । 
 
उनले एमालेसँगको भेट र छलफलमा भने एमालेको माग र सर्त भन्दा विपरीत गएर मन्त्रीपरिषद् विस्तार नगर्ने प्रतिबद्धता जनाएका छन् । दसैँ बिदाका बेला एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीसँगको भेटमा मुख्यमन्त्री कार्कीले एमालेसँगको सहकार्य आफूले तोड्न नसक्ने भन्दै नेताहरूसँग छलफलका लागि समय माग गरेका थिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]