• कार्तिक १४, २०८०
  • जुनकिरी खबर

इटहरीमा अन्तरदेशीय नाटक महोत्सव आयोजना हुने

alt

इटहरीमा ३ दिने अन्तरदेशीय नाटक महोत्सव आयोजना हुने भएको छ ।  कात्तिक १९ गते देखी २१ गते सम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुने कलालय इटहरीले जनाएको छ । नाटक इटहरी उपमहानगरपालिका ६ स्थित तायरिप्ची भवनमा देखाईनेछ । नाटक सशुल्क हेर्ने व्यवस्था मिलाईएको छ । 

नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरुले नाटक प्रस्तुत गर्नेछन् । ३ दिन सम्म चल्ने  महोत्सवमा ४ वटा नाटक मञ्चन गरिने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । 

नेपालका ३ संस्थाहरुले ३ वटा नाटक मञ्चन गर्नेछन् भने भारतको पश्चिम बंगालबाट आएको रंगमञ्च टोलीले एक नाटक मञ्चन गर्ने जनाईएको छ । नेपालको तर्फबाट कलालय इटहरीले ‘सत्रु’, कदम थियटर दमकले ‘जयमाया आफु मात्रै लिखापानी आईपुगी’ र आरोहण गुरुकुल विराटनगरले नाटक नेता जी मञ्चन गर्ने छ । 

पश्चिम बंगाल भारतबाट आएको संस्थाले एक नाटक एक टु अगुन्डे प्रर्दशन गर्ने  कलालयका अध्यक्ष जयन्तीले जानकारी दिए ।  पश्चिम बंगालबाट नाटक मञ्चनका लागि रंगकर्मीहरुको टोली १८ कात्तिकमा इटहरी आईपुग्ने अध्यक्ष जयन्तीले बताए । यस अघि कलालय इटहरीकै आयोजनामा कोभिड १९ को संक्रमण अघि पहिलो पटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो । त्यस बेला पनि नेपाल र भारतका एक एक नाटक मञ्चन गरिएको थियो । 

प्रत्येक बर्ष नाटक मञ्चन गर्ने योजना रहेपनि कोभिड १९को संक्रमणका कारण लामो समय कार्यक्रम आयोजना गर्न नसकिएको अध्यक्ष जयन्तीले बताए । 

अन्र्तराष्ट्रिय स्तरकै नाटक महोत्व आयोजना गर्ने योजना रहेको कलालयले जनाएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]