• कार्तिक १४, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेशमा दशैंको ६ दिनमा १३५ दुर्घटना

alt

चाडपर्वमा प्रत्येक वर्ष सवारी दुर्घटनाको जोखिम हुने गरेको छ । रमाइलो गर्ने चाडको मुखमा सालैपिच्छे दुःखद् सवारी दुर्घटना भइरहन्छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हरेक वर्ष घटस्थापनादेखि पूर्णिमासम्म साना–ठूला गरी कोशी प्रदेशमा सयौंको सङ्ख्यामा सडक तथा सवारी दुर्घटना भइरहेका छन् । जसमा प्रत्येक वर्ष एक दर्जन बढीले ज्यान गुमाउने गरेको प्रहरी अभिलेखले देखाउने गरेको छ ।

यो दशैंमा पनि निकै साना–ठूला दुर्घटना नभएका दिनै भएनन् । दशैं मनाउन गन्तव्यमा पुग्न हतारिएका धेरै यात्रुले अकालमै मृत्युवरण गर्न पुगे । केही अङ्गभङ्ग भए र कोही जीवनभर अपाङ्ग भएका छन् ।

कोशी प्रदेशमा दशैंको ६ दिनमा १ सय ३५ वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । कात्तिक ५ गते फूलपातीदेखि ११ गतेसम्म १६ जनाको मृत्यु भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

१ सय ३५ वटा सवारी साधन दुर्घटनामा परेकामध्ये ४१ जना गम्भीर घाइते र २ सय २४ जना सामान्य घाइते भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । दशैंमा ६ हजार ६ सय २८ वटा सवारी साधनलाई कारबाही गरिएको उनले बताए । कारबाही गरिएका सवारी साधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]