• कार्तिक १९, २०८०
  • जुनकिरी खबर

इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता

alt

 इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता भएकी छन् । इटहरी उपमहानगरपालिका ७ की ४९ वर्षीया उर्मीला कटुवाल परिवारबाट सम्पर्कविहीन बनेकी हुन् । मानसिक रूपमा अस्वस्थ रहेकी उनी कात्तिक ६ गते दिउँसोदेखि घरैबाट बेपत्ता भएको परिवारले जनाएको छ ।

कतै फेला परेमा नजिककै प्रहरी कार्यालयमा खबर गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । उर्मीलाका भाइ युवराज कटुवालका अनुसार प्रहरीलाई घटनाको जानकारी गराएर सबैतिर खोजी गर्दा पनि फेला पार्न सकिएको छैन ।

‘बिना कारण दिदी घरबाटै बेपत्ता हुनुभयो । अहिलेसम्म परिवारको सम्पर्कमा आउनु भएको छैन,’ उनले भने, ‘घटनाका बारेमा प्रहरीलाई जानकारी गराइएको छ । सबैतिर खोजी गर्दा पनि फेला पार्न सकिएन ।’ खोजी गर्दापनि फेला नपरेपछि थप खोजीका लागि अपिल गरिएको इटहरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]