• कार्तिक २३, २०८०
  • जुनकिरी खबर

धरानमा फेरी एयरपोर्ट बनाउने चर्चा

alt

पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको एउटा फेसबुक स्ट्याटसले धरानको डाँडा घोपामा एयरपोर्ट बनाउने चर्चा फेरि चुलिएको छ । उनले धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न निर्देशन दिएको फेसबुक स्ट्याटस आएपछि एयरपोर्टको चर्चा चुलिएको हो ।
 
मन्त्री सुदन किराँतीको फेसबुक वालमा लेखिएको छ ‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशक लाई निर्देशन गरिएको छ ।’ उक्त स्ट्याटस एक वाक्यको मात्र छ । त्यसैले विमानस्थल बनाउन पुनः अध्ययन हुने जनाएको छ । कहाँ बनाउने, यति इनकर्पोरटको पुरानै जग्गामा बनाउने भन्ने स्पष्ट गरेको छैन ।
 
मन्त्री किराँतीको स्ट्याटसबाट धरानका मेयर हर्क साम्पाङ सबै भन्दा बढी उत्साहित भएको देखिएका छन् । उक्त स्ट्याटस आए लगत्तै मेयर हर्क साम्पाङले फेसबुक स्ट्याटसमा  ‘विराटनगरमा एयरपोर्ट छ भन्दैमा धरानमा नचाहिने हुँदैन । धरानमा पनि बनाउनु पर्छ है सरकार...नत्र’ लेखेका छन् ।
 
यसअघि मेयर साम्पाङलाई धरानमा एयरपोर्ट बन्ने विश्वास थिएन । एयरपोर्ट बनाउने भनिएको डाँडा घोपाको जग्गामा घपलाबाजी भएको, त्यो जग्गाका धनीहरूलाई जग्गा फिर्ता दिनुपर्ने अभियानमा समेत लागेका थिए । त्यस बारे उपमहानगरपालिका कार्यालयमा छलफल समेतको आयोजना गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]