• कार्तिक २६, २०८०
  • जुनकिरी खबर

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

alt

कोसी प्रदेश डेरी उद्योग संघले दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । दूधको मूल्यसँगै दही, पनिर र नौनी घ्यूको बिक्री मूल्य पनि घटाउने संघले निर्णय गरेको हो ।

प्रदेशका ठूला विभिन्न ८ वटा डेरी उद्योगहरू आबद्ध संघको बैठक कार्तिक २३ गते विराटनगरमा बसेको थियो । बैठकले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न भन्दै दूधको मूल्य घटाएको हो ।

अहिले दूधको उत्पादन बढी भएको समयमा उपभोक्तालाईसमेत राहत दिने उद्देश्यले कात्तिक २६ गतेदेखि लागू हुनेगरी मूल्य घटाएको संघले जनाएको छ । घटाएको मूल्यअनुसार अब उपभोक्ताले स्ट्याण्डर दूध आधा लिटरको ४५ रुपैयाँमा पाउनेछन् ।

संघले फ्याट मिल्क आधा लिटरको ३५, दही २०० मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८०० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]