• मंसिर २, २०८०
  • जुनकिरी खबर

इटहरीमा छठ पर्वको तयारी, पाँच सय पूजाघाट श्रृंगारिदै

alt

पूर्वी तराईका जिल्लाहरुमा छठ पर्वको तयारी तिब्र पारिएको छ । पूर्वी तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीका बिभिन्न नदी, पोखरी तथा तलाहरुमा घाटहरूको सरसफाइ तथा सजावटको कामलाई तिब्रता दिइएको आयोजकहरुले जनाएका छन ।

 नदी, तलाउ तथा पोखरीहरुलाई सजाएर झकिझकाउ बनाउनुका साथै बिगतका वर्ष झै यस वर्ष पनि छठलाई भव्य बनाउन पोखरी र जलासयको सरसफाई लगायतका काममा स्थानीय बिभिन्न संघसंस्था जुटेका हुन् ।

 तराई मधेशमा सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिएको छठ पर्वमा सुनसरी र मोरङको सिमानास्थित बुढी खोलामा २ लाख भक्तजनहरु भित्राउने गरि तयारी तिब्र पारिएको छ ।

 झण्डै एक किलोमिटर क्षेत्रफलमा ५ सयवटा पूजा घाट निर्माण गरिएको आयोजक छैठपर्व सेवा समिती इटहरीले जनाएको छ । २४ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छठपर्वमा आयोजना हुने कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्धघाटन गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]