• मंसिर १४, २०८०
  • जुनकिरी खबर

इटहरीमा शुक्रबारदेखि दोस्रो अमझोखी गोल्डकप हुँदै

alt

इटहरीमा शुक्रबारदेखि दोस्रो अमझोखी गोल्डकप २०८० आयोजना हुने भएको छ । इटहरी १० स्थित न्यु डाईमण्ड युवा क्लबको आयोजनामा मसिंर १५ देखि २२ गतेसम्म गोल्डकप आयोजना हुने भएको हो । ८ टिम सहभागी गोल्डकपमा विजेता हुने टिमले एक लाख ५ हजार रुपैयाँ र दोस्रोले ५५ हजार रुपैयाँ नगदसहित सिल्ड प्राप्त गर्ने छन् ।
 
अमझोखी खेलमैदानमा शुक्रबार १ बजेबाट उद्घाटन हुने प्रतियोगिताको तयारी सम्पूर्ण पुरा भएको न्यु डाईमण्ड युवा क्लबका सचिव दिलीप चौधरीले जानकारी दिए । गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरी, कुसुमे साइनिङ क्लब केराबारी, आयोजक क्लब, फिउजन क्लब उदयपुर, ताल तलैया फुटबल क्लब इटहरी, पटनाली क्लब धरान, कोशी प्रदेश प्रहरी विराटनगर र एमवाईसि क्लब दुहबीबिच प्रतिस्पर्धा हुनेछ । 
 
प्रतियोगितालाई युट्युबबाट अर्बिट स्पोर्टस एचडि र आयोजक न्यु डाईमण्ड युवा क्लबको फेसबुकबाट प्रत्यक्ष प्रसारण हुनेछ । प्रतियोगितालाई इटहरी उपमहानगरपालिका र कोशी प्रदेश खेलकुद विकास बोर्ड लगायतले सहयोग गरेको छ । 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]