• मंसिर १४, २०८०
  • जुनकिरी खबर

हात्तीको आक्रमणबाट मृत्यु भएको परिवारलाई एक लाख राहत दिईने

alt

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई इटहरी उपमहानगरपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ । बुधबार राति हात्तीको आक्रमणबाट वडा नं. २ का बर्ष २५का रविन खड्काको मृत्यु भएको छ । मृतक खड्काको परिवारलाई उपमहानगरले क्षतिपुर्ति दिने उपमहानगरपालिकाले जनाएको छ । 

इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतीपूर्ति दिने घोषणा गरेका हुन् । इटहरी वडा नं. २ मा जङ्गली हात्ती मानव वस्तीमा प्रवेश गरि दुःख दिन थालेको छ । पछिल्लो  केही महिना देखी श्रृङखलाबद्ध रुपमा हात्ती गाउँ पसेर आतंकित बनाउन थालेको छ । 

मंगलबार पनि सोही वडा कै नैनाकुमारी राईको घर भत्काएर क्षती पु¥याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं. २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।

दैनिक रुपमा हात्ती गाउँ पस्न थालेर भौतिक र मानविय क्षति बढेको छ । सुरक्षा निकाय र वनरक्षक सहितको टोली बनाएर रात्री गस्ती सुरु गरिने उपमहानगरका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । अहिले दैनिक रुपमा स्थानियहरु राती गस्ती गर्दै आएका छन् । 

भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन् । इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेका छन् ।। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]