• मंसिर १६, २०८०
  • जुनकिरी खबर

पूर्वी तराईमा जंगली हात्ती आतंक, ३ सातामा ३ जनाको ज्यान गयो

alt

पूर्वी तराई मोरङ, सुनसरी र झापामा पछिल्लो दुई सातामा जंगली हात्तीको आतंक बढ्दो छ । यो अवधिमा हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । गत बिहीबार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा जंगली हात्तीको आक्रमणबाट स्थानीय रविन खड्काको ज्यान गयो ।

जंगलबाट मानव बस्तीमा पस्न लागेको जंगली हात्तीलाई धपाउने क्रममा २५ वर्षीय रविनलाई हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता एसपी नवीनसिंह भण्डारीको भनाइ छ ।

गत शुक्रबार झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट रणकालीन सामुदायिक वनका चौकीदार धनबहादुर बनको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । सामुदायिक वनबाट निस्केर मानव बस्तीमा प्रवेश गर्दै गरेको जंगली हात्तीले ४० वर्षीय बनलाई आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुई साताअघि झापाको दमक ३ हङसेदुम्से सामुदायिक वनमा जंगली हात्तीको आक्रमणमा भुटानी शरणार्थी पदमलाल तामाङको मृत्यु भएको थियो । झापा प्रहरीका अनुसार जंगलमा दाउरा काटन गएका बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर बिटु हट नं २५२ बस्ने ७२ वर्षीय तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । चालु वर्ष झापामा मात्र जंगली हात्तीको आक्रमणमा परेर ६ जनाले ज्यान गुमाइसकेका छन् ।

केही समय पहिला मोरङको सुन्दरहरैचा १० सुकुना सामुदायिक वनमा घाँस दाउरा गर्दै गरेकी स्थानीय ३२ वर्षीया सीता पराजुली र सुन्दर हरैचाकै त्रिवेणी चोकमा ७५ वर्षीय जयप्रसाद बास्तोलाको हात्तीको आक्रमणबाट मुत्यु भएको मोरङ प्रहरीको तथ्यांक छ । गतवर्ष मिक्लाजुङ ६ कसेनीका ५१ वर्षीय यामबहादुर बोहोरालाई जंगली हात्तीले कुल्चेर मारेको थियो ।

झापा र सुनसरीमा मानवीय क्षति भएपनि यसवर्ष मोरङमा अहिलेसम्म हात्तीका कारण कसैले ज्यान गुमाउन नपरेको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले बताए । उनका अनुसार हात्तीले अहिले मोरङमा घर भत्काउने र बालीनाली खाएर नष्ट गर्ने गरेको पाइएको छ ।

भारतबाट झापाको बाहुनडाँगी नाका हुँदै प्रवेश गरेका जंगली हात्ती शिवसताक्षी हुँदै झापाको हुम्सेदुम्से र मोरङको मधुमल्लाबाट छिरेर जाँते लेटाङ, सुन्दरहरैचा हुँदै सुनसरीको तालतलैयासम्म पुगेर उपद्रो गर्छन् । 'त्यो रुट हात्ती हिँडने सधैको बाटो हो । जंगलमा खान पाउन छाडेपछि हात्ती मानव बस्तीमा पुगेर धान लगायतका बालीनाली खाने, जाँडको कट खाने गर्छ,' 'घिमिरेले भने, 'त्यसक्रमा हात्तीले आक्रमण गर्दा बर्सेनि मानवीय क्षति हुँदै आएको छ ।' उनका अनुसार मोरङको मिक्लाजुङ, जाँते, लेटाङ, बेलबारी, केराबारी र सुन्दरहरैचा क्षेत्रमा यसबेला ३० वटा भन्दाबढी जंगली हात्ती देखा परेका छन् ।

साउनदेखि अहिलेसम्म जंगली हात्तीले मिक्लाजुङको वडा ६, ७ र ८ का मनमाया भण्डारी, मिलन मगर र मोहन मगरसहित ११ जनाको घर भत्काएर पाँच सय बिघा भन्दा बढी क्षेत्रफलको धानवाली नष्ट गरेको गाउँपालिकाको तथ्यांक छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]