• मंसिर १६, २०८०
  • जुनकिरी खबर

इटहरीमा बढेको कर समायोजन गर्न मेयर तयार

alt

इटहरी उप-महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले अस्वाभाविक देखिएको कर राजश्व र दस्तुर समायोजन हुने बताएका छन् । उनले इटहरीमा कर बढाएको विषयमा विरोध भएकाले अस्वाभाविक देखिएका करको दर घटाउन तयार रहेको बताए  । अहिले मेयरले कर घटाउन नमाने जस्तो गरी प्रचार गरिएको भए पनि यथार्थमा त्यस्तो नभएको बताए । उनले जनतालाई मर्का परेको देखिएकाले आगामी पुसमा हुने नगर सभाबाट सहमतिमा करको दरमा समायोजन हुने पौडेलले बताए ।
 
आर्थिक ऐन २०८० सबैको सहमतिमा पास भएको दाबी गर्दै पौडेलले करको दरको समायोजन पनि सबैको सहमतिमा हुने बताए । इटहरीमा एमालेको बहुमत छ । बहुमत एमालेको सहमतिमा ऐन पास भएको भए पनि अहिले एमालेले राजनीति गरेको आरोप लगाए ।
 
उनले भने एमालेले आफू मात्रै कर घटाउन लागेको जसरी प्रचार गरेको छ । हामी विशेष नगर सभाबाट होइन पुसमा हुने सेड्युलको नगर सभाबाट कर समायोजन गर्न तयार छौ ।  यसका लागि कर तिर्ने समय थप गर्न परे पनि उप महानगरपालिका तयार रहेको बताए । 
 
एमालेले कर,राजश्व घटाउने एजेन्डा सहित नेकपा एमालेले इटहरी उपमहानगरपालिकाको विशेष नगर सभाको  माग गरेको हो । इटहरी उपमहानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले २१ दिन भित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका छन् । एमाले संसदीय दलका उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहतालाई निवेदन दिएका छन् ।
 
इटहरी उप महानगरपालिकामा उप मेयर सहित १४ वटा वडामा एमालेले जितेको छ । इटहरीमा रहेका २० वटा वडा मध्ये मेयर र ५ वटा वडामा काँग्रेसले जितेको छ । एउटा वडामा भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका रमेश चौधरी विजयी भएका छन् । उनी पनि अहिले एमालेमै फर्किएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]