• मंसिर १७, २०८०
  • जुनकिरी खबर

कोशीका विना विभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी

alt

 कोशी प्रदेश सरकारका मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  मन्त्री हुँदादेखि नै मन्त्रालय नपाएका विना विभागीय मन्त्रीहरूले मन्त्रालय पाएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूको कार्य विभाजन गरेका हुन् । विभाजन गरिएको मन्त्रीको कार्य विभाजनमा भौतिक पूर्वाधार मन्त्रालयमा कमल प्रसाद जबेगु, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालय गणेश उप्रेतीलाई तोकिएको छ।

राई नेपाली काँग्रेस शेखर कोइराला समूहका प्रदेश सांसद हुन् भने उप्रेती नेकपा माओवादीबाट मन्त्री भएका हुन् । त्यस्तै जबेगु  नेकपा एकीकृत समाजवादीका सांसद हुन् ।  जबेगु र  उप्रेती कात्तिक १७ गते मन्त्रीमा नियुक्त भएका हुन् ।  नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले नेकपा एमालेलाई पाखा लगाएर गठबन्धन दुई दल नेकपा माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो ।

असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले शम्सेर राई र नेकपा एमालेका राम रानालाई मन्त्री बनाएका थिए । एमालेसँग छलफल नै नगरि गठबन्धनबाट  मन्त्री बनाएरको भन्दै एमालेले सरकार छाडेको थियो ।  लामो समयसम्म मन्त्रालय बाँडफाँड गर्न नसकेका मुख्यमन्त्री कार्कीले  झन्डै २ महिना पछि मन्त्रीको कार्यबिभाजन गरेका हुन् । ३ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएको भए पनि अन्य मन्त्रालय मुख्यमन्त्री आफ्नै मातहतमा राखेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]