• मंसिर २४, २०८०
  • जुनकिरी खबर

सशस्त्र प्रहरीद्वारा सीमा स्तम्भको मर्मत सम्भार सुरू

alt

मोरङ जिल्लामा पनि नेपाल भारत सिमानामा रहेका सिमा स्तम्भहरुको मर्मत कार्य सुरु भएको छ । शुक्रबार नेपाल सरकारको २०७७ साउन १९ गतेको निर्र्णय अनुसार मोरङमा पनि सशस्त्र प्रहरीले सिमा स्तम्भहरुको मर्मत सम्भार , रंगरोगन र पुनस्र्थापना गर्ने कार्य शुरु गरिएको हो  ।

विराटनगर महानगरपालिका वडा नं. १८ दामादिगी स्थित १७७ नम्बरको पिलर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मर्मत सम्भार शुरु गरेर सिमा स्तम्भ मर्मत कार्यको शुभारम्भ गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सिमा क्षेत्रको सुरक्षा गर्न स्थानीयहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले सिमाक्षेत्रमा हुने गरेको लागूऔषधको ओसारपोसार र मानव बेचबिखन ठुलो समस्या बन्दै गएकोले यसलाई सुरक्षा निकायको समन्वय र स्थानीयको साथबाट समाधान गर्नुपर्ने बताए । 

सो कार्यक्रममा सशस्त्र प्रहरी बल बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अश्विनी कुमार पोखरेलले देशको शन्ति सुरक्षा र आन्तरिक सुरक्षालाई सवल र प्रवलकारी बनाउने हो भने राज्याले सिमा सुरक्षालाई वलियो बनाउनु पर्ने बताए ।  सशस्त्र प्रहरी बल ३ नं। कंकालिनी गणले मोरङका ३७ वटा बिजोर नम्बरका पिलरहरु मर्मत सम्भार र रंगरोगन गर्ने जिम्मा पाएको हो ।

मोरङको भारत संग रहेको ६३ किलोमिटर सिमा क्षेत्रमा १ सय २३ वटा साना ठुला पिलरहरु रहेकोमा ६५ वटा जोर नम्बरका पिलरहरु भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले मर्मत सम्भार र रंगरोगन गरिसकेका छन् । मोरङको सिमाक्षेत्रका २३ वटा पिलरहरु भने हराएका छन्  ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]