• मंसिर २४, २०८०
  • जुनकिरी खबर

कारागारमा बन्दीको रहस्यमय मृत्यु

alt

जिल्ला कारागार मोरङमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको रहस्यमय मृत्यु भएको घटनाको सत्य–तथ्य पत्तालगाउन छानबिन समिति गठन गर्न मृतकका परिवारले माग राखेका छन् ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ नगरपालिका–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको बिहीबार ५ः२२ बजे उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटनालाई उनका परिवाले रहस्यमय मृत्यु भन्दै छानबिन समिति गठन गरी सत्य–तथ्य सार्वजनिक गर्न माग राखेका छन् ।

पेट दुख्ने र वान्ता हुन थालेपछि भुजेललाई कारागार प्रशासनले बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए । कोशीको आइसियु खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई अस्पतालले भनेको थियो । उपचारको क्रममा भुजेलको कोशीमा मृत्यु भयो । भुजेलको मृत्यु हुनुभन्दा एक घण्टाअगाडि ४ बजे मृतकको भान्जी एलिना भुजेललाई खबर गएको थियो । कोशीमा आइपुग्दा मामालाई शवगृहमा राखिएको उनले बताइन् ।

‘मामालाई भेट्न मङ्सिर १६ गते कारागारमा आएको थिएँ । त्यसदिन मामाको जन्मदिन पनि थियो । त्यसैले म कारागार आएको थिएँ । त्यसबेला मामा राम्रोसँग बोल्नुभएको थियो । घरबाट बनाएर ल्याएको मासु खानुभयो । घरायसी विषयमा पनि कुराकानी भयो । त्यसयता पनि फोनमा कुराकानी भइरहेको थियो । एक्कासि मामा बितेको खबर आउँदा मलाई पत्याउन पनि मुस्किल भयो’ उनले भनिन्, ‘मामा बिरामी भएर हस्पिटल ल्याएको खबर भएन । एक्कासि मृत्यु भएको खबर मात्र आयो ।’

मृतकका परिवारले शव गृहमा राखिएको शव पनि हेर्न नदिएकोले भुजेलको मृत्यु शङ्कास्पद भएको गुनासो गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]