• मंसिर २५, २०८०
  • जुनकिरी खबर

धरानमा प्रथम यु-१५ एन्फा प्रेसिडेण्ट कप फुटबल प्रतियोगिता हुँदै

alt

कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा धरानमा मङ्सिर २७ गते देखि कोशी प्रदेश एन्फा प्रेसिडेन्ट कप यु-१५  फुटबल प्रतियोगिता हुने भएको छ । यु-१५ प्रेसिडेण्ड कप पहिलो पटक सुरु गरिएको हो ।

प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी हुने बताइएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले भने ‘कोशी प्रदेश सङ्घ र प्रदेशका जिल्लाहरूले क्यालेन्डर अनुसार चालु वर्ष ४ वटा प्रतियोगिता गरिसकेको छ, तर अन्य ५ वटा प्रदेश र जिल्लाहरूले प्रतियोगिता गरेको छैन ।’

एन्फा मानार्थ उपाध्यक्ष समेत रहेका राईले सातै प्रदेशमा प्रतियोगिताको क्यालेन्डर एन्फा सँग भए पनि एन्फा कार्यसमितिले फुटबल गतिविधि गर्न समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।

अघिल्लो एन्फा केन्द्रीय समितिले सबै जिल्लाहरूमा प्रदेश लिग, जिल्ला लिग गर्दै आएको तर वर्तमान समितिबाट कार्यतालिका नआउँदा फुटबल गतिविधि शून्य भएको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]