• मंसिर २८, २०८०
  • जुनकिरी खबर

धरानमा बिद्यार्थीले बनाएको ड्रोनबाट पुष्प वर्षा

alt

सुनसरीको धरानस्थित केके इन्टरनेश्नल स्कुलले आफ्नो ८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विभिन्न कार्यक्रम गरी स्कुलले मसिंर २५, २६ र २७ गते तिन दिनको कार्यक्रम आयोजना गरी आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको हो ।

कार्यक्रमको मुख्य आकर्षण स्कुलकै बिद्यार्थीद्धारा निर्माण गरिएको ड्रोनबाट अतिथिहरू तथा अभिभावकहरुलाई पुष्प वर्षा गरिएको थियो । प्रत्येक दिनका मुख्य अतिथिहरू तथा अभिभावकहरुलाई कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीले आफै निर्माण गरेको ड्रोनबाट पुष्प वर्षा गरिएको थियो । कोशी प्रदेशमा नै पहिलो पटक रोबोटिक्स कक्षा सञ्चालन गरेको केके इन्टरनेश्नल स्कुलले निर्माण गरेको ड्रोनबाट पुष्प वर्षा गराउँदा सबैको ध्यान खिच्न सफल भएको थियो । साथै वार्षिक उत्सवमा आएका अतिथिहरूले समेत विद्यार्थीको ड्रोन कलालाई प्रशंसा गरेका थिए ।

000 स्कुलले आफ्नो ८ औ वार्षिक उत्सवको मसिंर २५ गते कक्षा १ देखि ३ सम्मका बिद्यार्थीहरुको प्रतिभा अभिभावकहरुको उपस्थितिमा कार्यक्रम गरेको थियो । यस्तै कक्षा ४ र ५ का विद्यार्थीको मसिंर २६ गते र मसिंर २७ गते कक्षा ६ र ९ का बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गरेका थिए । कार्यक्रमको पहिलो दिनको प्रमुख अतिथिमा शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका प्रमुख खगेन्द्र सुवेदी रहनु भएको थियो भने दोस्रो दिन धरान उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गणेश प्रसाद खतिवडा र समापन कार्यक्रममा धरान १५ का वडाध्यक्ष नरेश इवारम रहनु भएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले जातीय तथा मौलिक नृत्य प्रस्तुत गरेका थिए । साथै सामाजिक सन्देश मूलक नाटक समेत मञ्चन गरेका थिए भने स्कुलका तेक्वान्दोका खेलाडीको ग्रेड वृद्धि गरिएको थियो । वार्षिक उत्सवमा प्रत्येक कक्षाका बिद्यार्थीहरुले अनिवार्य आफ्नो प्रस्तुति दिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा स्कुलका अध्यक्ष इन्जिनियर प्रवीण अग्रवाल, सञ्चालकहरू अशोक कुमार अग्रवाल, सुनिल अग्रवाल, गिरीधारी सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

410370130_768086628694887_420171927668139191_n

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]