• मंसिर ३०, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेश बन्द, धरानबाट ५ बन्दकर्ता पक्राउ

alt

पहिचान पक्षधरहरुले शनिबार कोशी प्रदेश बन्द गरेका छन्। कोशी प्रदेश खारेजीको माग राखेर उनीहरुले १४ जिल्लाको यातायात र मुख्य बजार बन्द गराएका छन्।

एकाबिहानै हातमा लाठी लिएर बजार बन्द गराउन पहिचान पक्षधरका सयौं कार्यकर्ता परिचालन भएका छन्। उनीहरुले कोशी प्रदेशभर यातायातका साधन सञ्चालनमा रोक लगाएका छन्। आन्दोलनकारीले कोशी प्रदेशका मुख्य बजारहरु धरान, इटहरी, दमक, बिर्तामोड, धनकुटा, इलाम, फिदिम, म्याङ्लुङ र फुन्लिङ बजार बन्द गराएका छन्। 

बजार र यातायातका सधन बन्द गराउने पाँच बन्दकर्तालाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। उनले कुनै अप्रिय घटना हुन नदिन  मुख्य बजार क्षेत्र र चारकोशे जङ्गलमा प्रयाप्त प्रहरी परिचालन गरिएको बताए। पहिचानका लागि युवा फोर्सका अध्यक्ष राजुके राइले पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]