• पुस ३, २०८०
  • जुनकिरी खबर

सफारीलाई इटहरी प्रवेशको समय सिमा

alt

अन्य पालिकामा दर्ता भएका सिटी सफारीका कारण पार्कीङ्ग व्यवस्थापनमा समस्या भएको भन्दै इटहरी उप महानगर पालिकाले सफारीमा टाइम कार्ड लागू गरेको छ । छिमेकी पालिकाहरूबाट इटहरी  नगर क्षेत्रभित्र  सिटी सफारीहरू माल सामान र यात्रु लिएर प्रवेश गर्न पाए पनि फर्की हाल्नु पर्ने नयाँ व्यवस्था सहितको टाइम कार्ड लागू भएको हो ।
 
यसका लागि इटहरी प्रवेश गर्ने सबै नाकामा सफारीको इन्ट्री गर्ने र तोकिएको समय भित्र फर्कनु पर्ने व्यवस्था मिलाइएको इटहरी उप महानगर पालिकाले जनाएको छ । 
 
यात्रु र सामान लिएर इटहरीमा आउन पाइन्छ,इटहरी उप महानगरका मेयर हेम कर्ण पौडेलले भने‘इटहरीमा यात्रु र माल समान लिएर आउन पाइन्छ तर तोकिएको समय सीमा भित्र फर्कनुपर्छ ।’ उनले समय सीमा भित्र नफर्कने सफारीलाई कारबाही गरिने बताए । इटहरीसँग सिमाना जोडिएका सुनसरीको दुहबी, राम धुनी मोरङको सुन्दरहरैचा लगायतका पालिकाहरूमा दर्ता गरी ती पालिकामा सञ्चालन गर्ने अनुमति पाएका सिटी सफारीहरू समेत इटहरीमा सञ्चालन हुँदै आएका छन् । 
 
सडकमा अत्यधिक सिटी सफारी भएपछि पार्कींगमा समस्या हुँदै आएको छ । अन्यत्र दर्ता भई त्यही सञ्चालन गर्ने अनुमति पाएका सफारी समेत उप महानगरमा सञ्चालन भएपछि दुर्घटनाको दर समेत बढ्दै गएको छ । पार्कींग व्यवस्थापनमै समस्या भएपछि इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौ १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई इटहरीमा प्रवेश गर्न नदिने निर्णय भएको थियो ।
 
उप महानगर भित्र प्रवेशमै रोक लगाइएपछि सफारी चालकहरूले आन्दोलन गरेका थिए । यात्रु बोकेर आएका र सामान बोकेर आएका सफारीलाई प्रवेश गर्न नदिने उप महानगरको निर्णयका विरुद्ध सर्वसाधारणे समेत विरोध गरेका थिए ।
 
सिमानाबाट इटहरी क्षेत्रमा सफारीमा चढेर आउन नपाएपछि दोहोरो भाडा तिर्नु परेको सर्वसाधारणले गुनासो गरेका थिए । सर्वसाधारणको विरोध र सफारी चालकको आन्दोलन पछि उप महानगरले निर्णयलाई उल्टाउँदै प्रवेशमा रोक लगाउने निर्णयबाट पछि हट्दै टाइम कार्ड लागु गरेको हो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]