• भदौ ३, २०७६
  • जुनकिरी खबर

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट महिना दिनदेखि बन्द

alt

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नो अक्सिजन प्लान्टले एक महिनादेखि अक्सिजन उत्पादन गर्न सकेको छैन । छ महिना अघि मात्र जडान गरेको नयाँ प्लान्ट पटकपटक बिग्रने गरेका थियो । 

प्रतिष्ठानले ३ करोड २४ लाख रुपैयाँ लगानी गरेर जडान गरेको प्लान्ट नै बिग्रेर अक्सिजन उत्पादन हुन नसकेपछि सुनसरीको खनारस्थित दुर्गा अक्सिजन प्लान्टबाट सिलिण्डरमा किनेर चलाइरहेको छ। अर्काको प्लान्टबाट अक्सिजन खरिद गर्दा प्रतिष्ठानलाई दैनिक ६० हजार रुपैयाँ देखि ८० हजार रुपैयाँ व्ययभार हुने गरेको छ। प्रतिष्ठानमा नेपालको युनिषि इण्डिया र नेपालको डाइग्नोकेनले अक्सिजन प्लान्ट जडान गरिदिएका हुन्।

दुर्गा प्लान्टले पनि पर्याप्त अक्सिजन सिलिण्डर उपलब्ध गराउन नसकेपछि प्रतिष्ठानको बिरामी बस्ने वार्डमा आपूर्ति गर्न नसकेको प्रतिष्ठान श्रोतले जनाएको छ। अक्सिजन आपूर्ति गर्न नसक्ने भएपछि अक्सिजन अनिवार्य चाहिने बिरामीलाई वार्डमा भर्ना गर्न नसकिएको एक चिकित्सकले बताए। ती चिकित्सकले भने, ‘अक्सिजन अभावले वार्डमा भर्ना नै बन्द गर्नुपरेको छ। भर्ना गर्दा अक्सिजन चाहिन्छ, तर पर्याप्त अक्सिजन आपूर्ति हुन सकेको छैन।’


प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा गुरु खनालले बिग्रेको अक्सिजन प्लान्ट मर्मत गर्न दुइसाता देखि प्रयास गरिरहेको बताए। उनले भने, ‘मर्मत गरेर अक्सिजन उत्पादन गर्ने प्रयास गरिरहेका छौं। अबको दुई सातामा दुरुस्त बनाएर आफैं अक्सिजन उत्पादन गर्ने छौं।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]