• पुस ३, २०८०
  • जुनकिरी खबर

कोसीमा सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी

alt

कोसी प्रदेशको प्रदेशसभा सचिवालयले सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि चार महिनादेखि रिक्त रहेको सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालिएको हो । गौतमले गत साउन १६ गते सभामुखबाट राजीनामा दिएका थिए ।

उपसभामुख सिर्जना दनुवारले सभामुख चयनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल सुरु गरिएको बताइन् । अब प्रदेशसभाको अर्को बैठक बुधबार बस्दैछ ।

उपसभामुख दनुवारले बुधबारको प्रदेशसभाको बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको र त्यसैका लागि दलहरूसँग छलफल गरिरहेको बताइन् ।९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।

कोसीमा राप्रापलाई सभामुख दिने तयारी भइरहेको गठबन्धन दलका नेताहरूले बताएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]