• पुस ४, २०८०
  • जुनकिरी खबर

बराहक्षेत्रको सडक विस्तार गलत भएको भन्दै आमरण अनसन

alt

रोजगारी सिर्जनाको चुनौती खेपिरहेको ग्रामीण नगरपालिका बराहक्षेत्र नगरपालिकाले चक्रघट्टी बजारमा कायम ६० फिट बाटो विस्तार गर्ने नीति लिएपछि व्यावसायी चिन्तित बनेका छन् । नगरको सडक विस्तारको नीतिले ४० देखि ५० वटा मुख्यबजारका सटर भत्कने अवस्थामा पुगेका छन् भने व्यवसायी र कार्यरत सयौं कामदारले रोजगारी गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
 
स्थानीय व्यवसायी माधव बरालका अनुसार नगरको समान मापदण्ड नहुँदा वर्षौंदेखि व्यापार- व्यवसाय गर्दै आएका ५० औंको सङ्ख्यामा रहेका व्यापारिक सटर भत्किने अवस्थामा पुगेको छ ।
 
'६५ फिट नै मापदण्ड लागू गर्दा कसैको घरमा क्षति पुग्दैन' , व्यवसायी बरालले भने, 'आधिकारिक नाला कायम नभएको अवस्थामा घरधनीले पानीको निकास दिन निर्माण गरेको नालालाई कायम गर्ने अवैज्ञानिक मापदण्डअनुसार घर भत्काउने निर्णय नगरले गरेको छ, यसमा हाम्रो आपत्ति छ ।'
 
नगरले सडक विस्तारको अलोकप्रिय निर्णय गरेपछि पीडितहरू आमरण अनसनमा बसेको आज तीन दिन बितेको छ । नगरप्रमुखले अनसनकारीको माग सम्बोधन गर्ने पहलकदमी लिएका छैनन् । अनसनकारीमध्ये प्रोस्टेड र मधुमेहका रोगी ६८ वर्षीय तीर्थराज लुइँटेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
अनसनमा लुइँटेलसहित रिना खड्का (२५), नवराज  गौतम नवीन (३६) आमरण अनसनमा बसेका छन् भने स्थानीय २ सय ७ जनाले ऐक्यबद्धता जनाउँदै अनसनमा उपस्थित भएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]