• पुस ४, २०८०
  • जुनकिरी खबर

कोविड(१९ को नयाँ भेरियन्ट जेएन १ भेटियो

alt

विश्व स्वास्थ्य सङ्गठनले हालै पत्ता लागेको कोविड-१९ को नयाँ भेरियन्ट जेएन-१ ‘भेरियन्ट आफ इन्टरेष्ट’ सङ्क्रमण भएमा यसअघि लगाइएको कोविडको खोपले कुनै बचाउ नगर्ने बताएको छ ।

अमेरिका स्थित जाँन्स हाप्किन्सन ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भायरोजिष्ट एण्ड्रयु पेकोजले भेरियन्टहरू धेरै आउन सक्छन् तर त्यसले स्वास्थ्यमा गम्भीर खतरा हुने सम्भावना नभएको उल्लेख गरेको कुर रायटर्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले एक समाचारमा बताइएको छ ।

भेरियन्टका दुई जना जानकारहरूका अनुसार जेएन-१, कोविड-१९ को अन्य भेरियन्टको तुलनामा रोग प्रतिरोधक क्षमतालाई सजिलै नष्ट गर्ने खालको बताएका छन् । तर यो नयाँ भेरियन्टले गम्भीर खतरा उत्पन्न गर्ने त्यस्तो कुनै साक्षी प्रमाण अहिले सम्म भेटिएको भने छैन ।

भारतको केरल राज्यमा नयाँ भेरियन्ट जेएन-१ देखिएको छ । तथापि यसबाट कति प्रभावित भएका छन् यकिन रूपमा पत्ता लागेको छैन । किनकि यो भेरियन्ट मानिसको जिन परीक्षण ‘जिनोम सिक्वेन्सीङ’बाट मात्र पत्ता लाग्न सक्छ । त्यस्तो परीक्षण धेरै कम मात्र गरिन्छ ।

कोरोना सङ्क्रमण भने केरल राज्यमा केही साता देखी बढेको छ । यसविच केरलमा पहिलो पटक ७९ वर्षीय एक ज्येष्ठ नागरिकमा जेएन-१ भेरियन्टको सङ्क्रमण भएको पाइएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]