• पुस ६, २०८०
  • जुनकिरी खबर

सुनसरी आएर प्रधानमन्त्रीले भने : अब नयाँ ढङ्गले क्रमभङ्ग गर्छु !

alt

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा केही काम हुन नसकेको भनेर भ्रम फैल्याइएको आरोप लगाएका छन् । सुनसरीको भोक्राहा नरसिंहस्थित बिधुत सब स्टेसन उद्घाटन कार्यक्रममा उनले देशमा केही भइरहेको छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको दाबी गरे ।
 
प्रधानमन्त्री दाहालले सरकार गठनको एक वर्षको अवधिमा धेरै काम भएको उल्लेख गर्दै अब केही विषयमा क्रमभङ्ग गर्ने बताए । प्रधानमन्त्रीको रूपमा मेरो तेस्रो कार्यकालको एक वर्ष पूरा हुन लागेकाले अब नयाँ ढङ्गले केही धक्का दिएर क्रमभङ्ग गर्दै काम गर्ने बताए । तर के कस्तो क्रमभङ्ग त्यो भने उनले प्रस्ट पारेनन् ।
 
उनले देशमा केही छैन भन्दै जनतालाई निराश पार्ने भाष्य खडा गरिएकाले यो भाष्यबाट जनतालाई निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपिल गरे । दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताए ।
 
करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सब स्टेसनको उद्घाटन गरिएको हो । सब स्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने प्राधिकरणले जनाएको छ । यही सब स्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा-पूणर्िया ४०० केभी अन्तर देशीय र नेपाल, भारत तथा बङ्गलादेशबिचको व्यापारका लागि इनरुवा-अनार मनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ ।
 
पूर्व-पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सब स्टेसन अर्को ठुलो हब बनेको प्रधानमन्त्री दाहालको भनाई छ ।
अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी कोरिडोर २२० केभी प्रसारण लाइनमार्फत यो सब स्टेसनमा जोडिने बिधुत प्राधिकरणले जनाएको छ

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]