• पुस ६, २०८०
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिकाको कर समायोजन हुने

alt

इटहरी उपमहानगरपालिकामा वृद्धि भएको राजस्व, शुल्क तथा दस्तुर घट्ने भएको छ । उपमहानगरपालिकाको १३६ औ कार्यपालिका बैठकले वृद्धि भएको कर समायोजन गर्ने निर्णय गरेको हो ।

कर वृद्धिको विरोधमा आन्दोलन भएपछि कार्यपालिका सदस्य उमेश सुवेदीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो । समितिले समयमै प्रतिवेदन बुझाउन नसकेपछि सुवेदीले एकल हस्ताक्षर गरेर राजस्व परामर्श समितिलाई प्रतिवेदन बुझाएका थिए। सोही प्रतिवेदन अघिल्लो कार्यपालिकामा उपमेयर सङ्गीता चौधरीले पेस गरेकी थिइन् ।

बुधवारको कार्यपालिका बैठकमा मेयर हेमकर्ण पौडेलले सो प्रतिवेदनलाई स्वीकार गरेर कर समायोजन गर्ने उद्घोष गरे । प्रतिवेदनमा उल्लेख भएका विषयलाई आगामी नगर सभामा पेस गरेर कर समायोजन गर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]