• पुस ८, २०८०
  • जुनकिरी खबर

पुष १५ देखी भेडेटार फुड फेस्टिभल हुँदै

alt

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा आयोजना हुँदै आएको भेडेटार फुड फेस्टिभल यसपालि पुष १५ गते आइतबार देखि सुरु हुने भएको छ । फुड फेस्टिभलमा सधैँ भेडेटारमा भारतीय साथै आन्तरिक पर्यटकहरूको भीड लाग्ने गर्दछ ।

यसपालि हुने ३ दिने फेस्टिभल एघारौँ हो । होटेल एसोसिएसन अफ भेडेटारले आज शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो ।

एसोसिएसनका पूर्व अध्यक्ष तथा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले भने ‘नयाँ वर्ष मनाउन भेडेटारमा अत्यधिक भारतीय पर्यटक आउने गरेका छन् ।’

उनीहरूलाई कम्तीमा एक रात राख्न सकियो भने निकै उपलब्धि हुने बताउँदै यसपालि भारतीय बोर्डरबाट दैनिक ४/५ सय गाडी भित्रने जानकारी पाएको उनले उल्लेख गरे ।

अध्यक्ष रुम्दालीले भने ‘यसपालिको फेस्टिभलको माध्यमबाट हामी भेडेटारको थप विकासका लागि लगानी भित्र्याउन निजी कम्पनीहरूलाई आह्वान गर्दैछौं ।’

उनले भेडेटारको पर्यटनसँगै यस क्षेत्रको स्थानीय कृषि उत्पादनलाई बजारीकरणलाई फेस्टिभल मार्फत जोड्ने काम गरिँदै आएको बताए । अध्यक्ष रुम्दालीका अनुसार केही उत्पादन र कम्पनीहरूले खुलेर प्रचार प्रसार र ब्राण्डिङ गर्न नपाउने राज्यको नीतिले फेस्टिभल सञ्चालनमा केही अप्ठ्यारो भएको छ ।

उनले भेडेटारको पर्यटनको प्रवर्धनका लागि कोसी किनार स्थित खुवालुङ देखि ध्वजे डाँडासम्म पदमार्ग निर्माण गर्ने, हाइकिङ र अन्तर्राष्ट्रिय म्याराथन लगायतका काम गर्ने गाउँपालिकाको योजनागत लक्ष्य लिएको लिएको बताए ।

होटेल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले फुड फेस्टिभलमा राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारी लगायतका जातीय मौलिक परिकार उपलब्ध हुने बताए । सोही अवसरमा साहसिक खेल, नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिभल केन्द्रित रहने उनको भनाई छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]