• पुस १२, २०८०
  • जुनकिरी खबर

इटहरीको मेयरको आरोप : पाँच वटा वडाको मात्रै भूमिकर घटाउन एमालेको दबाव

alt

इटहरी उपमहानगरको कर समायोजन तथा पुनरावलोकन समितिका संयोजकले नै प्रतिवेदन च्यातेर करको दर हेरफेर गरेको मेयर हेमकर्ण पौडेलले आरोप लगाएका छन् । 
इटहरीमा बढेको करको विषयमा छानबिन गर्न गठित कर समायोजन तथा पुनरावलोकन समितिका संयोजक तथा वडा न. ३का वडा अध्यक्ष उमेश सुवेदीले समितिले तयार
 
पारेको प्रतिवेदनको चार पन्ना च्यातेर पुन संशोधन गरेको मेयर पौडेलले आरोप लगाएका हुन । 
 
समितिले तयार पारेको प्रतिवेदनमा निजी विद्यालयलाई लगाइएको करको दर बढी भएको भन्दै पाटी भित्रबाट चर्को आलोचना भएपछि आफैले च्यातेर पुनः सच्याउँदै संशोधन गरेको मेयर पौडेलले बताए । 
 
कर विवाद तथा नगर सभा स्थगितको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर पौडेलले पुस ४ गतेको कार्यपालिका बैठक अघि प्रतिवेदनमा निजी विद्यालयको करको दर संशोधन भएको बताए । 
 
मेयर पौडेलले भने,‘ निजी स्कुलको कर बढी भएको भन्ने वहाँहरूलाई लागेको कुरा संशोधन गर्न त ४ गतेको बैठक भन्दा अघि नै ४ पन्ना च्यातेर उहाँहरूले निजी स्कुलको २ स्लाब स्कुललाई  ३ स्लाब बनाएर लिएर जानुभएको हो । ’
 
निजी स्कुलको कर बढी भयो भन्ने कुरामा पाटी भित्रका केही व्यक्तिहरूले विरोध जनाएपछि  समितिका संयोजक सुवेदीले सच्याएको मेयर पौडेलले बताए । 
 
सोही सच्याइएको प्रतिवेदन पुस ४ गते बसेको कार्यपालिका बैठकमा पेस गर्दै हुबहु पास गर्नुपर्ने भन्दै दबाब दिएको मेयर पौडेलले बताए ।  उनले भने,‘ पुस ४ गतेको बैठकमा उहाँहरूले प्रतिवेदन हुबहु भन्ने शब्द राख्नुपर्छ भन्दै दबाब दिनुभयो, एक शब्द पनि तल माथि गर्न पाइँदैन भन्ने दबाब थियो । तर ४ गते भन्दा अघि नै ४ पन्ना च्यातेर सच्याइएको थियो नि ।’ 
 
यस्तै भूमिकरको विषयमा पनि पहिले सहमति भइसकेको विषयमा एमालेका वडाध्यक्ष तथा जनप्रतिनिधिले बखेडा झिकेर विवाद सृजना गरेको मेयर पौडेलले बताए । 
पाँच वडाको मात्रै भूमिकर घटाउनुपर्ने भन्दै दबाब दिएपछि आफूले २० वटै वडाको भूमिकर समायोजन गर्नुपर्ने अडान लिएपछि नगर सभा स्थगित गर्नुपर्ने अवस्था आएको मेयर पौडेलले स्पष्ट पारे । 
 
‘एमालेका केही वडा अध्यक्षहरूले ५ वटा वडाको भूमिकर बढी भयो संशोधन गरौँ भन्ने दबाब दिनुभयो । मैले सबै २० वटै वडाका वडा अध्यक्षको सहमतिमा विज्ञ सहितको सुझावमा संशोधन गरौँ भन्ने अडान लिएँ, त्यसपछि मतभेद भयो । ’ मेयर पौडेलले भने, ‘ त्यसपछि उपमेयर सङ्गीता चौधरी, वडा १७का अध्यक्ष प्रभात आचार्य, प्रमोद शेपा र प्रमुख प्रशासकीय अधिकृतको सहमतिमा नगर सभा सहमतिमै स्थगित गरिएको हो । ’

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]