• पुस १९, २०८०
  • जुनकिरी खबर

इटहरी उपमहानगरको स्मार्ट शौचालय बेवारिसे

alt

इटहरीको उपमहानगरपालिकाले बनाएको स्मार्ट शौचालय यतिखेर बेवारिसे भएको छ । सर्वसाधारणहरूको समेत सहजताका लागि भनेर ४ वर्षअघि निर्माण सुरु भएको स्मार्ट शौचालयको निर्माण कार्य सम्पन्न नहुँदा अहिले बेवारिसेजस्तै बनेको हो ।

दैनिक सयौँ सेवाग्राहीदेखि नगरका सम्पूर्ण जनप्रतिनिधिहरूसमेत सोही शौचालयकै छेउ भएर कार्यालयमा ओहोरदोहोर गर्छन् । तर हालसम्मतसमेत शौचालय बेवारिसे बन्दा कसैको नजर पुग्न नसक्नु लज्जास्पद भएको स्थानीयबासीको भनाइ छ ।

स्मार्ट शौचालय २०७६ साल पुस २४ गते इटहरी उपमहानगरपालिकाको कार्यालय हाताभित्र निर्माण सुरु भएको हो । चार वर्ष बितिसक्दापनि अझै निर्माण सम्पन्न नहुनु लज्जास्पद भएको स्थानीय बुद्धि घिमिरेले बताए ।

तत्कालीन मेयर–उपमेयरले पदभार ग्रहण गरे लगत्तै नौ बुँदे निर्णय सार्वजनिक गरी पर्यटक, आगन्तुक र यात्रुका लागि सार्वजनिक शौचालय एक महिनाभित्र व्यवस्था गर्ने निर्णय गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]