• पुस २०, २०८०
  • जुनकिरी खबर

प्रदेश सरकारको वर्षमै १ अर्ब ६४ करोड बेरुजु

alt

यस आर्थिक वर्षमा कोशी प्रदेश सरकारको १ अर्ब ६४ करोड ६३ लाख १२ हजार बेरुजु देखिएको छ ।  कोशी प्रदेश लेखा नियन्त्रक दामोदर खत्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले बिहीबार आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो  तथ्याङ्क सार्वजनिक गरेका हुन् । 
 
उनका अनुसार असुल गर्नु पर्ने बेरुजु २० प्रतिशत, नियमित गर्नुपर्ने बेरुजु ७२ प्रतिशत र यसमा पनि प्रमाण कागजात पेस गर्नुपर्ने ४६ प्रतिशत रहेको छ ।  प्रदेश लेखा नियन्त्रक खत्रीले कोशी प्रदेशमा लेखा परीक्षक कार्यालय मातहत कर्मचारीको दरबन्दी अनुसार पदपूर्ति नहुँदा समस्या भएको बताएका छन् । अहिले  २२१ जनाको कर्मचारी दरबन्दीमा  ८० जनाको दरबन्दी रिक्त रहेको ।  उनले ‘बेरुजु जुन शाखाको काममा भएको छ त्यसले फर्छ्यौट गर्नुपर्ने हुन्छ, यहाँ त बेरुजु आएपछि लेखालाई मात्रै जिम्मेवार बनाइन्छ, उनले भने, ‘बेरुजु फर्छ्यौटमा जुनसुकै कार्यालयको सबै जिम्मेवार शाखाले आ–आफ्ना दायित्व निर्वाह गर्नुपर्छ ।’
 
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा देखिएको बेरुजु कसैले खाएर भागेको नभई बेवास्ता गरेर भएको बताए । उनले ‘नियम कानुन मानेर काम नगर्ने हो भने वित्तीय अनुशासन कायम नहुने बताए । मुख्यमन्त्री कार्कीले भने,प्रदेशमा वित्तीय अनुशासन कायम गर्नका लागि आफूले ढुङ्गाको मुटु बनाएको छु ।  सबैले यसरी नै काम गर्नुको विकल्प छैन ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]