• पुस २२, २०८०
  • जुनकिरी खबर

इटहरी अस्पतालले सुबिधा बढाउदै

alt

इटहरी अस्पतालमा परीक्षणका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रूपले बढेको अस्पताल प्रशासनले बताएको छ । विशेष गरी रगत जाँच गर्ने, एक्स रे गर्ने, भिडियो एक्स रे, इसिजी गर्ने बिरामीहरूको सङ्ख्या बढेको छ । 
 
नियमित स्वास्थ्य समस्या लिएर आउने बिरामीको रोग पहिचानका लागि गरिने रगत,पिसाब,एक्स रे, भिडियो एक्स रे का भन्दा बाहिर सुगर जाँच, भिटामिन डि,थाईराईड लगायतका चेकजाँच गर्न इटहरी अस्पताल पुग्ने गरेका छन् । 
 
सुगर प्रेसका बिरामीलाई इटहरी अस्पतालको रगत जाँच सेवाले सहज बनाइदिएको छ । सुगरका बिरामीहरू नियमित गर्नुपर्ने रगत जाँचका लागि इटहरी अस्पतालको ल्याबमा पुग्ने गरेका छन् । 
 
इटहरी प्रशासनले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको मङ्सिर सम्मको तथ्याङ्क अनुसार १२, हजार ७६९ जनाले सुगर जाँच गराएका छन् ।  ५ हजार ६८९ जनाले थाईराईड जाँच गराएका छन् भने २ हजार ८६१ जनाले भिटामिन डिको जाँच गराएका छन् । 
 
विशेष गरी सुगर प्रेसर भएका ज्येष्ठ नागरिकहरू सहज सेवाका लागि जाँचका लागि इटहरी अस्पताल जाने गरेका छन् । वीमाका कारण पनि धेरै व्यक्तिहरू स्वास्थ्य परीक्षणका लागि आउने गरेको इटहरी अस्पतालकी प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिइन । 
 
‘वीमा बाट हुने भएकाले धेरै व्यक्तिहरू २÷३ महिनामा बिरामी नभए पनि विभिन्न स्वास्थ्य परीक्षणका लागि आउने गर्नुभएको छ, अरू नियमित स्वास्थ्य समस्या लिएर आउने बिरामीको सङ्ख्या त अझ धेरै छ,’ भट्टराईले बताइन ।  
 
बिरामीहरूको चाप बढेसँगै इटहरी अस्पतालले टोकन सिस्टम लगाएको छ । पूजा लिनका लागि टोकन सिस्टम लगाइएको छ । टोकनका आधारमा पुर्जा बनाउने र सोही आधारमा ओपिडीमा डाक्टरसँग भेट गर्ने व्यवस्था मिलाइएको छ । 
 
टोकन लिएका बिरामीलाई बस्नका लागि कुर्सीको व्यवस्थापन गरिएको अस्पतालकी प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिइन ।  कुनै पनि बिरामी इटहरी अस्पताल आइसके पछि चेकजाँच, स्वास्थ्य परीक्षणका लागि कुनै अप्ठ्यारो तथा झन्झट व्यवहोर्नु नपर्ने उनले बताइन । कुनै बिरामीलाई केही समस्या भए सुरक्षामा खटिएका सुरक्षा गार्डहरूको पनि सहजिकरण गरिदिने गरेको उनले सुनाइन । 
 
स्वास्थ्य उपचारसँगै बिरामीले डाक्टरले लेखिदिए अनुसारका औषधीहरू पनि सहज रूपमा उपलब्ध गराउने गरेको अस्पतालले दाबी गरेको छ । विशेष गरी वीमा बापत प्राप्त गर्ने सुविधाका औषधीहरू सहज रूपमा वितरण गर्ने गरेको अस्पतालको भनाइ छ । औषधी वितरणमा कुनै समस्या नभएको अस्पताल प्रशासनले दाबी गरेको छ । 
 
इटहरी अस्पतालले पछिल्लो एक वर्ष देखी २४ सै घण्टा इमर्जेन्सी सेवा दिई रहेको छ । इमरजेन्सीमा ५ बेड मार्फत सेवा दिई रहेको अस्पताले जनाएको छ । एमबिबिएस डाक्टरको नेतृत्वमा इमरजेन्सी सेवा प्रदान गरिरहेको अस्पतालको भनाई छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]