• पुस २४, २०८०
  • जुनकिरी खबर

कोशीमा अहिलेसम्मकै धेरै फल्यो धान

alt

कोशी प्रदेशमा यस वर्ष अहिलेसम्मकै धेरै धान फलेको छ । अन्य प्रदेशमा धानको उत्पादन घउत्पादन घटिरहेको खबर सार्वजनिक भइरहेको बेला कोशी प्रदेशले भने इतिहासमै धेरै धान फलेको विवरण सार्वजनिक गरेको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा हालसम्मै धेरै ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यसअघि सबभन्दा धेरै धान फलेको आर्थिक वर्ष २०७७–७८ मा थियो । त्यस वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम छ । कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टर कम हो । तर उत्पादकत्व बढेकाले धेरै धान फलेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसपालि उत्पादकत्व ४.९७ प्रतिशतले बढेको हो । ‘गत वर्षको तुलनामा चालु आर्थिक वर्ष धानको कुल उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ,’ रेग्मीले भने, ‘यसपालिको उत्पादन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो ।’

प्रदेशगत हिसाबमा यो वर्ष सबभन्दा धेरै धान कोशीमा उत्पादन भएको छ । त्यस्तै सबभन्दा कम कर्णालीमा छ ।कोशीमा यो वर्ष १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको छ भने कर्णालीमा एक लाख ४५ हजार ६३ मेट्रिक टन छ ।

त्यस्तै बागमतीमा पाँच लाख ४ हजार ३४४, लुम्बिनीमा १३ लाख १० हजार ८२९, गण्डकीमा तीन लाख ९१ हजार ६२४, सुदूरपश्चिमममा पाँच लाख ९९ हजार १२५ र मधेसमा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]