• पुस २४, २०८०
  • जुनकिरी खबर

इटहरीमा ढक तराजु ,लिटर ,मिटर दर्ता तथा नविकरण शिविर सुरु

alt

उपभोक्ताहरु नठगिउनु भनेर उद्योग वाणिज्य संघ इटहरीले तीन दिने ढक. तराजु ,लिटर, मिटर दर्ता तथा नविकरण शिविर सुरु गरेको छ । उद्योग वाणिज्य संघ इटहरीकै भवनमा ढक तराजु ,लिटर ,मिटर दर्ता तथा नविकरण शिविर सुरु गरिएको हो । शिविरको इटहरी क्षेत्रमा ५ दशक अघि देखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दिलिम कुमार चौधरीको प्रमुख आथित्यमा उदघाटन गरियो ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको अध्यक्षता रहेको ढक तराजु लिटर मिटर दर्ता नविकरण शिविरको सहआयोजक नेपाल गुणस्तर तथा नापतौल विभाग विराटनगरको रहेको शिविरमा ढक तराजु , लिटर ,मिटरहरुको परिक्षण समेत गरिदै आएको छ ।

इटहरी क्षेत्रमा व्यवसाय गर्ने धेरै जसो व्यापारीहरु नापतौलसंग सम्वन्धीत व्यापार गर्ने भएकाले पनि उपभोग्ताहरु नठगिउनु तथा अनुगमनका क्रममा समेत व्यवसायीहरुको कमीकम्जोरी नपाइयोस भन्नका लागि नापतौल सम्वन्धी शिविर सञ्चालन गरिएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पराजुलीले जानकारी दिए ।

शिविरमा नापतौल सम्वन्धी व्यवसाय गर्ने व्यवसायीहरु ढक तराजु लिटर मिटर परिक्षण सहित दर्ता नविकरणका लागि सहभागी भई रहेका छन । ढक तराजु , लिटर ,मिटर दर्ता तथा नविकरण शिविर आगामी वुधवार सम्म सञ्चालन हुने छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]