• भदौ ४, २०७६
  • जुनकिरी खबर

भेडेटारमा प्रदेश नम्बर १ कै पहिलो जीप लाइन बन्ने

alt

धनकुटा । प्रदेश नम्बर १ को पर्यटकीय नगरी धनकुटाको भेडेटारमा प्रदेश एककै पहिलो जीप लाइन बन्ने भएको छ ।

स्थानीय युवा उद्यमी आशिष राई र किरण राईको करिब तीन करोड रुपैयाँको लगानीमा लगभग एक हजार पाँच सय ५ सय मिटर लामो जीप लाइन बन्न लागेको हो ।

भिरालो क्षेत्रमा तारमा घिर्नीजस्तै झर्ने खेललाई जीप लाइन भनिन्छ । जीप लाइन ‘लन्च प्याड’ साँगुरी गढी गाँउपालिका वडा नम्बर ६ खर्क डाँडाबाट हुने र सोही वडाकै कार्किछापमा ‘ल्यान्डिङ स्टेशन’ हुने छ ।

यहाँको भूगोल उपयुक्त भएकाले निर्माण गर्न कुनै समस्या नरहेको डिपिआर तयार गर्ने कन्सल्टेन्सी संस्था हार्मोन कन्सल्टेन्सीका इन्जीनियर संखर श्रेष्ठले जानकारी दिए । 

यो निर्माण भएपछि दक्षिण एसियाको तेस्रो तथा नेपालको दोस्रो लामो ‘जिप लाइन’ बन्ने छ ।

दक्षिण एसियाको सबैभन्दा अग्लो ‘जिप लाइन’ पोखराको सराङकोटदेखी हेम्जा सम्मको एक हजार ८ सय ६० मिटर लामो छ ।

यस्तै भारतीय मिडियाका अनुसार दक्षिण भारतीय राज्य केरेलामा रहेको कोलुकुमलाई नामक ‘जीप लाइन’ को लम्बाइ एक हजार ८ सय मिटर रहेको छ ।

पोखराबाहेक धुलिखेलमा रहेको एक हजार ३ सय मिटर लामो ‘जीप लाइन’ व्यवसायिक रुपमा सञ्चालनमा छ ।

भेडेटारमा बन्न लागेको यो ‘जीप लाइन’ नेपाल पर्यटन वर्ष २०२० को सुरुवातसँगै सञ्चालन हुने गरी निर्माण शुरु गरिएको व्यवसायी आशिष राइले जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]