• पुस २५, २०८०
  • जुनकिरी खबर

लायन्स क्लव अफ इटहरी स्र्माटसिटीको पदभार हस्तान्तरण

alt

लायन्स क्लव अफ इटहरी स्मार्टसिटी र लियो क्लव अफ इटहरी स्मार्टसिटीको एक कार्यक्रमका विच पद स्थापना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लवका डिष्ट्रिक गर्भनर विजयहरि शर्माको प्रमुख आथित्य तथा लायन्स क्लव अफ इटहरी स्मार्टसिटीका सस्थापक अध्यक्ष राजेन्द्रकेशरी घिमीरेको अध्यक्षतामा पदस्थापना कार्यक्रमका सम्पन्न भएको हो ।

पदस्थापन कार्यक्रममा लायन्स क्लव अफ इटहरी स्र्माटसिटीका सस्थापक अध्यक्ष राजेन्द्रकेशरी घिमीरेले वर्ष २०२३/०२४का अध्यक्ष गणेश ओलीलाई पदभार हस्तान्तरण गरे ।

त्यसै गरी लियो क्लव अफ इटहरी स्मार्टसिटीका वर्ष २०२२/२०२३का अध्यक्ष सुशान्त न्यौपानेले वर्ष २०२३/०२४का कृष्ण चापागाईलाई पदभार हस्तान्तरण गरे । लायन्स क्लव अफ इटहरी स्मार्टसिटी र लियो क्लव स्मार्टसिटीले यस क्षेत्रमा विभिन्न सामाजिक गतिविधिहरु महत्वपुर्ण योगदान पुर्याउदै आएका छन ।

लायन्स क्लव अफ इटहरी स्मार्टसिटीको वर्ष २०२३÷०२४को  कार्यसमितिमा अध्यक्ष गणेश ओली,कार्यकारी उपाध्यक्ष वेदनाथ भेटवाल , प्रथम उपाध्यक्ष शिवप्रसाद भट्टराई , द्धितिय उपाध्यक्ष रञ्जना शर्मा र तृतिय उपाध्यक्षमा उर्मिला तिम्सिना रहेका छन । त्यसैगरी सचिवमा छत्र प्रसाद पाठक , कोषाध्यक्षमा पुष्पा अधिकारी चयन भएकी छन भने अन्य विभिन्न पदहरु सहित नयाँ  सदस्यहरु समेत कार्यक्रमका प्रमुख अतिथिले सपथ खुवाएर पिन र प्रमाण पत्र बितरण गर्दै पदास्थापन गराएका थिए ।

पदस्थापना कार्यक्रममा लायन्स क्लव अफ स्मार्टसिटीका पुर्व  अध्यक्ष विभिन्न संघ सस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]