• पुस २६, २०८०
  • जुनकिरी खबर

हुस्सुका कारण विराटनगर विमानस्थलको उडान प्रभावित

alt

बाक्लो हुस्सु र कुहिरोका कारण विराटनगर बिमानस्थलको उडान आज पनि प्रभावित बन्ने भएको छ । उपर्युक्त भिजिविलिटी नहुँदा हिंजो विराटनगरबाट एउटा मात्रै एकतर्फी उडान भएको थियो ।हिंजो विराटनगर एयरपोर्टमा पार्किङका लागि मंगलबार साँझ आएको बुद्ध एयरको जहाज काठमाडौं जाने बाहेक कुनै पनि उडान नभएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । अन्य उडान भने रद्द गरिएको थियो ।

आज पनि मौसमको अवस्था हालसम्म उस्तै रहेको कारण उडान हुने नहुने टुंगो नभएको उनले बताए ।सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ ।बुधवार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो

विराटनगरबाट काठमाडौंंका लागि दैनिक बुद्ध एयरको ७ वटा, यति एयरलाईन्सको ५ वटा, श्री एयरलाइन्सको ३ वटा र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडानहरु हुने र दैनिक करिब १ हजार हवाई यात्रुहरुले सेवा लिदै आएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]