• पुस २८, २०८०
  • जुनकिरी खबर

वराहक्षेत्रको पूर्वाधार विकास खर्च ६ महिनामा ९.४४ प्रतिशत

alt

वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा विनियोजित रकमको ३१ दशमलव २९ प्रतिशतमात्र खर्च भएको विवरण सार्वजनिक गरेको छ । वराहक्षेत्र नगरपालिकाको १३ औं नगर सभामा उपप्रमुख नन्दकुमारी सुनुवारले ०८० पौष २३ गतेसम्मको खर्चको स्थिति सार्वजनिक गरेकी हुन् ।
 
आर्थिक विकासतर्फ विनियोजित रकम ४ करोड २३ लाख ९ हजार रुपैयाँ मध्ये १३.४५ प्रतिशत खर्च भएको छ । सामाजिक विकासतर्फ विनियोजित ४९ करोड ८३ लाख ५२ हजार ६ सय रुपैयाँ मध्ये ३७.६८ प्रतिशत, पूर्वाधार विकासतर्फ विनियोजित २३ करोड २१ लाख ३५ हजार ६ सय ४२ रुपैयाँ मध्ये ९.४४ प्रतिशत,  सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा विनियोजित २ करोड ५० लाख ३० हजार रुपैयाँ मध्ये २२.७२ प्रतिशत र कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्रमा विनियोजित १८ करोड ३७ लाख ७२ हजार विनियोजित रकममध्ये ४६.८१ प्रतिशत खर्च गरेको छ ।
 
चालु आवमा नगरले ९९ करोड ७ लाख ४२ हजार २ सय ९२ रुपैयाँ रकम विनियोजन गरेको थियो । ०८० पुस २३ सम्म आयतर्फको यथार्थ विवरण ४४ करोड २८ लाख ५२ हजार ८ सय ३१ रुपैयाँ ४७ पैसा रहेको विवरण सार्वजनिक गरेको छ ।
 
नगर सभामा चालु भैपरी शीर्षकअन्तर्गत ४२ लाख रुपैयाँ बजेट रकमान्तर गरिएको विवरण प्रस्तुत गरिएको छ । रकमान्तर भएका शीर्षकमा विविध खर्चतर्फ १५ लाख रुपैयाँ, इन्धन्तर्फ १५ लाख रुपैयाँ, कार्यक्रम खर्चतर्फ ७ लाख रुपैयाँ र भ्रमण खर्चतर्फ ५ लाख रुपैयाँ बजेट थप गरिएको छ ।
 
नगरको पुँजीगततर्फ (आन्तरिक स्रोततर्फको समपुरक कोषबाट) १ करोड ९२ लाख ४० हजार रुपैयाँ स्रोत मिलान गर्नुपर्ने विवरण सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]