• पुस २८, २०८०
  • जुनकिरी खबर

उपचार खर्च माग्दै कोशी प्रदेशका पाँच सांसद

alt

कोशी प्रदेशका उपसभामुखसहित ५ जना प्रदेश सभा सदस्यले कानुन विपरीत उपचार खर्चको माग गरेका छन् । उपसभामुख सिर्जना दनुवारसहित प्रदेश सभा सदस्यहरू तारादेवी ढकाल, उमाकान्त गौतम, डोल्मा तामाङ र गोपालबहादुर विश्वकर्माले कानुन विपरीत लाखौँ रुपैयाँ उपचार खर्च माग गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाएर उपचार गर्न भन्दै सुटुक्क काठमाडौँ गएकी उपसभामुख सिर्जना दनुवारले दुई पटकको उपचार खर्चवापत ८१ हजार ९९० रुपैयाँ उपचार खर्च माग गरेकी छन् ।

उपसभामुख दनुवारले सो बेला काठमाडौँको गंगालाल अस्पतालमा उपचार गराइएको विवरणसहित उपचार खर्च माग गरेकी हुन् । उनले छुट्टा छुट्टै दुई अस्पतालमा उपचार गराएको खर्च संसद् सचिवालयमा पेस गरेकी हुन । सहिद गंगालाल हृद्धय केन्द्रले उनलाई २०२३ ।८ । २२ गते डिस्चार्ज गरेको विल पेस गरेकी छिन भने नर्भिक इन्टरनेशल हस्पिटलमा २०२३ मार्च १२ डिस्चार्ज गरेको विवरण पेस गरेकी छिन । उनले संसद् सचिवालयमा पेस गरेको विल ३३ हजार ९५ रुपैयाँको रहेको छ भने नर्भिकको ४१ हजार ८१४ रुपैयाँको रहेको छ ।

यस्तै एमालेकी सांसद तारादेवी ढकालले झापाको दमकको निम्स र काठमाडौँको मेदान्त ह्याम्स,वि एन्ड वि, र निर फार्मेसिमा विभिन्न मितिमा उपचार गराएकी छिन । उनले पेस गरेको विलमा ४ लाख ७७६ रुपैयाँ रहेको छ ।

एमालेकै सांसद उमाकान्त गौतमले विराट मेडिकल कलेजमा विराटनगरमा २०७९माघ १६ गते उपचार गराएका थिए । उनले १ लाख ३८ हजार ६९ रुपैयाँ खर्च भएको निवेदनसहित उपचार खर्च मागेका छन् ।

काँग्रेस सांसद डोल्मा तामाङले ओम अस्पताल चाहविल २०७९ माघ १६ गते उपचार गराएकी छिन । उनले ४९ हजार ४२६ रुपैयाँ खर्च पेस गरेकी छिन ।यस्तै राप्रपाका गोपालबहादुर विश्वकर्माले सहिद गगालाल हृदय केन्द्र काठमाडौँमा गत असोज १६ गते ३५ हजार ९१२ रुपैयाँ उपचारमा खर्च भएको भन्दै भुक्तानीका लागि माग गरेका छन् ।

यसअघि मन्त्रीपरिषद्को बैठकबाट निर्णय गराएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सांसदको उपचार खर्च भुक्तानी गर्ने गरिएको थियो । यस अघि पनि उत्त निवेदनहरू आन्तरिक मामिला मन्त्रालयमा संसद् सचिवालयले पठाएको थियो । आन्तरिक मामिला मन्त्रालयमा पैसा नभएको भन्दै संसद् सचिवालयलाई नै पत्र पठाएका थिए ।

सम्बन्धित समाचारहरु
सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

दुहबी–१० मा टहरा हटा ...

दुहबी नगरपालिका–१० मा ऐलानी जग्गामा बनेका घर–टहरा हटाउने क्रममा एक महिलामाथि सुरक्षाकर्म ...

इटहरी गोल्डकपको उपाध ...

६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङ ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]