• पुस २८, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेशमा राप्रपाले सभामुख विष्टलाई कारबाही गर्न सक्ने

alt

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा सभामुख लिएसँगै उक्त पार्टीभित्रको विवाद चर्किएको छ । सभामुख लिनुहुँदैन भन्ने पक्षधरका राप्रपा नेताहरुले पुस पहिलो साता सम्पन्न केन्द्रीय समितिको बैठकले आन्दोलन घोषणा गरेको र उक्त आन्दोलन सभामुख लिएपछि धरासायी हुने तर्क गरिरहेका छन् ।

‘सभामुख पद भनेको संविधानको परिधिभित्र बसेर काम गर्ने पद हो । त्यही संविधान र त्यही प्रदेश खारेज गर्नका लागि हामीले आन्दोलन सुरु गरिसक्यौँ । एकातिर आन्दोलन सुरु गर्ने र अर्कोतिर सभामुख भएर त्यही संघीय गणतान्त्रिक व्यवस्थालाई बचाउने पदमा त जानु भएन भनेर हामीले प्रस्ट रुपमा भनेको हो,’ राप्रपाका आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणाले कुराकानीका क्रममा भनेका छन्, ‘सभामुखलाई फिर्ता बोलाइएन भने उहाँहरुलाई कारबाही हुन्छ । जो–जो यो काममा संलग्न छन्, सबैमाथि कारबाही हुन्छ । पार्टीमा ठूलो घात भएको छ । पार्टील सच्याउनुपर्छ ।’

उनले भनेजस्तो सभामुख पदमा गएका अम्बरबहादुर विष्टलाई राप्रपाले फिर्ता बोलाउन सक्छ ? या कारबाही गर्न सक्छ ? किनकी सभामुखमा निर्वाचित विष्टले पार्टीका पदहरुबाट राजीनामाको घोषणा गरिसकेका छन् ।

राणाले भनेजस्तै छानविन र कारबाहीको निर्णय राप्रपाले गरे विष्टसहित उनलाई प्रस्ताव र समर्थन गर्ने कोशी प्रदेशको संसदीय दलको नेता भक्ति प्रसाद सिटौला र सांसद प्रेमराज थाम्सुहाङलाई पनि कारबाही गर्नुपर्छ । त्यो सामथ्र्य राप्रपाले अहिले राख्छ भन्ने विषयमा पनि बहस सुरु भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]